• जीवनशैली | Jiwanshaili
  • लिदी पहिरो : ३६ को शव फेला, अझै ३ जना बेपत्ता


    सिन्धुपाल्चोक- गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव सोमबार भेटिएको हो । पहिरोमा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो ।

    दुई पुरुष र एक महिलाको सोमबार शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस