• जीवनशैली | Jiwanshaili
  • आज हल्कादेखि मध्यम वर्षाको सम्भावना


    भाद्र १७ गते (वुधबार)

    आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस