प्रहरी हिरासतमा हत्या प्रकरण : इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित
रौतहट- गरुडास्थित प्रहरी हिरासतमा रहेका दलित किशोर विजयराम हत्या प्रकरणमा एक प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित प्रहरी निलम्बनमा परेका हुन् ।
गरुडा नगरपालिका वडा नं ८ बसविट्टी जिंगडिया बस्ने २० वर्षीय निरञ्जन रामको हत्या भएको घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाले विजय रामलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा लिइएका विजयसँग सोधपुछको बहानामा यातना दिएको भनिएको घटनामा संलग्न रहेका इप्रका गरुडामा कार्यरत प्रहरी निरीक्षक सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको प्रहरीबाट थाहा भएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस