घुर्ने बानी छ, बेवास्ता नगर्नुस् हृदयघात हुन सक्छ
निकै घुर्ने मानिसको आयु छोटो हुन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु रोगको खतरा भएको उनीहरुको भनाइ छ । अझ घोप्टो परेर सुत्नेहरु त झनै जोखिममा हुन्छन् ।
निदाउँदा क्षणिक श्वासप्रश्वास रोकिने मानिस कहिल्यै पनि उत्तानो सुत्न नहुने नयाँ अध्ययनले पत्ता लगाएको छ । उत्तानो सुत्दा राती घुराइ बढ्नुका साथै श्वासप्रश्वासमा अकस्मात खतरनाक विश्राम आउन सक्छ ।
सुत्दा छातीलाई ४५ डिग्रीको कोणमा रहने गरी सिरानीको प्रयोग गर्दा मुटु रोगको खतरा घट्ने वैज्ञानिकहरु बताउँछन् । कम्तीमा पाँच लाख बेलायतीको सुत्दा श्वास रोकिने गरेको पाइन्छ । ५० को दशकका र बढी तौल भएका मानिसमा यस्तो समस्या देखिन्छ । उनीहरु मुटुको समस्याबाट पनि पीडित हुन्छन् ।
मोटोपन, मुटुको रोग, चिनी रोग र क्यान्सरका कारण निद्रामा गडबडी हुन्छ । त्यसरी निद्रा नपुग्दा अन्य रोग लाग्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् । त्यसैले निद्रा राम्रोसँग पुर्याउनुपर्ने उनीहरुको कथन छ ।
युरोपियन सोसाइटी अफ कार्डियोलोजी कंग्रेस इन लन्डनमा प्रस्तुत गरिएको एक अध्ययनमा राति सुत्दा अत्यधिक घुर्ने मानिसमा आकस्मिक हृदयघातको खतरा देखिएको छ । सुत्दा छाती र टाउकोलाई ४५ डिग्रीको कोणमा मिलाउँदा यस्तो खतरा कम हुने उनीहरुको भनाइ छ । अनुसन्धानकर्ताले मुटुको समस्या भएका र घुर्ने ३० जनामा शृंखलाबद्ध परीक्षण गरेका थिए ।
टर्कीको एक युनिभर्सिटीमा गरिएको यस अध्ययनमा अर्ध झुकावको आसनमा अर्थात् ४५ डिग्रीको कोणमा झुकेर सुत्नेहरुमा अन्यको तुलनामा मुटुको समस्या निकै कम देखिएको थियो । असजिलो गरी सुत्दा मुटुमा रगतको प्रवाह गर्ने धमनीमा अक्सिजनको कमी हुँदा अकस्मात हृदयघात हुने वैज्ञानिकहरुको तर्क छ । एजेन्सी
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस