• जीवनशैली | Jiwanshaili
  • जनकपुरमा एक महिलाले जन्माइन् एकैपटकमा ४ वटा बच्चा


    जनकपुर- जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चा जन्माएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलबार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।

    प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको शल्यक्रिया मार्फत ती बच्चाहरु निकालिएको थियो । यसरी एकैपटक ४ वटा बच्चालाई जन्म दिनु ’दुर्लभ’ घटना रहेको अस्पतालले जनाएको छ ।

    अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको अस्पताल स्रोतले जनाएको छ । अरमानाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस