• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य


    काठमाडौं- काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार निषेधाज्ञाको आदेश जारी गर्दै सो जानकारी गराएको हो।

    अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेशमा जनाइएको छ। स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ। कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस