एम्बोस्ड नम्बर प्लेटका सम्बन्धमा सर्वोच्चको फैसलाको साहित्य संस्थाबाट विरोध
नेपाली भाषा र साहित्यका क्षेत्रमा काम गर्दै संस्था अलंकार प्रतिष्ठानले नेपाली भाषा बचाउने अभियानमा लाग्न सबै भषा प्रेमीहरुलाई आव्हान गरेके छ । सवारी साधनमा राखिने एम्बोस्ड नम्बर प्लेटका सम्बन्धमा सर्वोच्च अदालते गरेको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिष्ठानले त्यस्तो फैसला शीघ्रातिशीघ्र खारेज गर्न माग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष भारती न्यौपाने दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएका छ ‘समयसमयमा सरकार तथा मर्यादित न्यायायलबाटै कपटपूर्ण रूपमा हुने गरेको नेपाली भाषामाथिको सोझो हस्तक्षेप अत्यन्त निन्दनीय र अमर्यादित छ । यस्तो हस्तक्षेप हामी भाषाप्रेमीहरू कसैलाई कहिल्यै पनि स्वीकार्य छैन । यसर्थ सम्बन्धित निकायले यसप्रति छिटोभन्दा छिटो प्रभावकारी कदम चाल्न नसके हामी भाषाप्रेमी जस्तोसुकै कदम चाल्न पनि पछि हट्ने छैनौं ।’
प्रतिष्ठानले ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ले गर्ने निर्णयलाई शिरोपर गरी नेपाली भाषा बचाउने अभियानमा लाग्ने पनि जनाएको छ ।
नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनेर संविधानमा उल्लेख गरे पनि बेलाबेलामा नेपाली भाषालाई मास्ने षड्यन्त्र सरकारी निकायबाटै भएको प्रतिष्ठानको भनाई छ ।
‘न्यायको खोल ओढेर भाषा मास्न लागिपरेका न्यायालयका भ्रष्टाचारीहरूको यो कदमको हामी घोर भत्र्सना गर्छौँ ।’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस