• जीवनशैली | Jiwanshaili
  • हत्यापछि टाउको र खुर्पा बोकेर प्रहरी कार्यालय पुगे युवक


    धादिङ्ग- धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् ।

    हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको छ । धादिङ्गमा हत्या गरी मृतकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्म समर्पण गरेको पहिलो घटना हो ।

    गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले बताउए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस