आज काठमाडौंमा कहाँ कहाँ बिजुली काटिदैछ ?
काठामडौं- आज शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । शनिबार बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौ महानगरपालिका वडा न १५ र १६ को चक्रपथ एरीयामा विद्युतिय संरचना स्थानान्तरण कार्यको लागि विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार शनिबार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, गगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतका सम्पुर्ण क्षेत्रहरुका विद्युत आपूर्ति बन्द हुने छ ।
कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस