• जीवनशैली | Jiwanshaili
  • विश्व थेरापी दिवसः यस्ता छन् फिजियोथेरापीका फाइदा


    प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई विश्व फिजियोथेरापी दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ ।

    फिजियोथेरापी भनेको स्वस्थ्य जीवनशैलीलाई बढावा दिने उपचार पद्धति हो, जसमा शारीरिक अभ्यासहरु र फिजियोथेरापेटिक मेसिनहरुद्धारा रोगहरुको निदान तथा असक्षमता रोक्न सहायता पुर्याउँछ । फिजियोथेरापीमा हाडजोर्नी तथा नशासम्बन्धी समस्याबाट भएको दुखाई कम गर्नुको साथै अझै बढ्नबाट रोक्न समेत मद्धत पुर्रयाउँछ । यसमा कुनै पनि औषधीको प्रयोग नगर्ने हुनाले यसको नकारात्मक असर हुँदैन । फिजियोथेरापी बालबालिका देखि वृद्धसम्म सबैलाई हुने ऐलोपेथी उपचार पद्धतीको स्वतन्त्र विभाग भएता पनि यसलाई सबै नेचुरोप्याथी र आयुर्वेदिक केन्द्रहरुमा समावेश गराईएको पाईन्छ । फिजियोथेरापिष्टले शिक्षा र सल्लाहद्धारा दैनिक जीवनशैली

    सुधार्न र अगाडि वढ्न प्रेरणा र हौसला प्रदान गर्दछन् ।

    फिजियोथेरापी के हो ?

    फिजियोथेरापी मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्ने उपचार पद्धति हो । एलोप्याथीअन्तर्गत पर्ने यो पद्धति धेरै किसिमका रोगको उपचारका लागि उपयुक्त हुन्छ । फिजियोथेरापीले हिँड्न नसक्नेहरूलाई हिँड्न सक्ने बनाउनुका साथै विभिन्न अर्थोपेडिक समस्याको सर्जरीपछि अङ्गहरूको संचालन क्षमता फर्काउन सघाउँछ ।

    फिजियोथेरापी केका लागि आवश्यक छ ?

    मांसपेशी च्यातिएका, कमजोर मांसपेशी, नशाको समस्या भएका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, घाँटी तथा शरीरको पीडा कम गर्न एवं सर्जरीपछि फिजियोथेरापी आवश्यक हुन्छ । यसैगरी गर्भवती महिलाका लागि पनि फिजियोथेरापीको आवश्यकता पर्छ । यसका बारेमा धेरै चर्चा नभए पनि गर्भवती हुँदा पनि फिजियोथेरापी गर्न सकिन्छ जसमा किगल व्यायाम गराइन्छ । यस्तो अवस्थामा पेटको भाग बलियो बनाउने, शिशु जन्मिसकेपछि बलियो बनाउने आदि काम गरिन्छ । गर्भावस्थामा महिलाहरूलाई सामान कसरी उठाउने, आराम कसरी गर्ने जस्ता कुरा सिकाइन्छ । यसलाई मास्टर फिजियोथेरापी इन गाइनोकोलोजी भनिन्छ ।

    कति उमेरसम्मकाले फिजियोथेरापी गर्न सक्छन् ?

    बालबालिकादेखि वृद्धवृद्धासम्मले फिजियोथेरापी गर्न सक्छन् । रोगको प्रकृति तथा उमेरअनुसार फिजियोथेरापी गरिन्छ ।

    फिजियोथेरापी कस्तो अवस्थामा ठीक हुन्छ ?

    नशा च्यापिने, पक्षाघात, ढाड दुख्ने, अटिजम, सुस्त मनस्थिति आदिलाई फिजियोथेरापीबाट ठीक गर्न सकिन्छ । कुनै पनि सर्जरीपछि फिजियोथेरापीको आवश्यकता पर्छ । नसर्ने रोगमा फिजियोथेरापी निकै प्रभावकारी साबित भएको छ । कतिपय वृद्धवृद्धा (६० वर्ष माथिका) हिँड्दा लड्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा फिजियोथेरापी गराउन सकिन्छ । कुनै पनि भागको फिजियोथेरापीका लागि केस हेरेर कति समय गर्ने भन्ने कुरा निर्धारण हुन्छ ।

    यस्ता छन् फिजियोथेरापीका फाइदा

    १) महिलालाई हाँस्दा, खोक्दा पनि पिसाब चुहिने सम्भावना हुन्छ, यसका लागि पनि फिजियोथेरापी गर्न सकिन्छ ।
    २) कतिपय महिलाको हात माथि नजाने तथा कपाल कोर्न गा¥हो हुने हुन्छ जसलाई फ्रोजन सोल्जर भनिन्छ । यस्तो समस्या फिजियोथेरापी गरेर निको पार्न सकिन्छ ।
    ३) गर्भवती महिलाको खुट्टाको बीच भागमा दुख्ने समस्या पनि फिजियोथेरापीबाट कम हुन्छ ।
    ४) सही विकास नभएका, हिँड्न नसक्ने तथा हाइपर एक्टिभ बालबालिकाकाको पनि फिजियोथेरापी गर्न सकिन्छ । यसलाई मास्टर फिजियो इन पेडियाट्रिक भनिन्छ ।
    ५) टाउकाको पक्षघात भएको अवस्थामा पनि उपचारपछि फिजियोथेरापी गराउनुपर्छ ।
    ६) फिजियोथेरापिस्टले जाँच गरेपछि मात्र फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ । फिजियोथेरापी गगराउनु अवधि फिजियो थेरापिस्टले निर्धारण गर्छन् । हिजोआज रोगको प्रकृतिअनुसार विशेषज्ञता हासिल गरेका फिजियोथेरापिस्ट उपलब्ध हुन्छन् ।


    क्याटेगोरी : स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार