• जीवनशैली | Jiwanshaili
  • तीनकुनेमा टिपरको ठक्करबाट प्राइम टाईम्स टेलिभिजनका पत्रकारको मृत्यु


    काठमाडौं- काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतम भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल ९बा २९ प १४७९० लाई टिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा मृत्यु भएको हो ।

    काठमाडौंको धुम्बाराहीमा स्थायी घर भएका ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा परिवारसहित बस्दै आएका थिए ।

    गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको चिकित्सकले जनाएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस