मानिसको दिमागमा आत्महत्या गर्नु अगाडि के चल्छ ?
एजेन्सी- समाजमा आधुनिकता मौलाइरहेको बेला यसले मानिसको जीवनमा थुप्रै चुनौतिहरु बढाइरहेको छ । तनावसँग जुधिरहँदा समाजमा आत्महत्या गर्नेको सङ्ख्या पनि उत्तिकै वृद्धि भइरहेको छ । दिनदिनै आत्महत्याका घटना खबरमा आइरहेका छन् । त्यस्तै सामाजिक सञ्जालमा पनि लाइभ गरेर आत्महत्या गरेको देख्न सकिन्छ ।
यसरी आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी युवा रहने गरेको पाइएको छ । बाहिरी रुपमा उर्जाले भरिएका हँसिलो चम्किलो अनुहार भएका युवाहरु भित्रभित्रै खोक्रो जीवनको शिकार भइरहेको हामीलाई पत्तै हुँदैन । त्यस्तो बेलामा कसैले समर्थन, सहयोग र साहयता पायो भने उसको समस्या समाधान होला तर कसैको साथ नपाउनेहरु भने मर्नेबारे सोच्न थाल्छन् ।
यस्तो समयमा आखिर मानिसले के सोच्छ त ?
* मेरो दुःख सबैभन्दा ठूलो दुःख
सामान्यरुपमा आत्महत्या गर्नेले आफू मरेपछि सबै समस्या अन्त्य हुन्छ भन्ने सोच्छ । वास्तवमा यो सत्य होइन किनकी मर्ने मानिस त मरेर जान्छ तर उसका परिवार र नजिकी आफन्तहरुले पहिलेभन्दा धेरै समस्या झेल्नुपर्ने हुन्छ । आत्महत्या गर्ने मानिस तनावमुक्त भएतापनि जीवित मानिसहरुलाई भने यसले जिउँदै मरेको अनुभव गराउँछ ।
* ध्यान केन्द्रित गराउन
आजकलको चलनचल्तीमा लाइभ सुसाइड गर्ने ट्रेन्ड चलेको पाइएको छ । आफ्नै हत्या गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड उनीहरु दुनियाँभरका मानिसलाई आफ्नो स्थिति देखाउने गर्छन् । मानिसहरुबाट सहानुभूति, समर्थन पाउन र ध्यान केन्द्रित गराउनका लागि पनि आत्महत्याको कोशिश गरेको घटना धेरै भेटिएको छ ।
* ज्यान लिनु सबैभन्दा सजिलो उपाय
आत्महत्या गर्ने मानिसहरु आफ्नो मृत्युले नै सबै समस्या हल गराउने कुरामा विश्वास गर्छन् । उनीहरुमा ज्यान लिनु सबैभन्दा सजिलो काम हो भन्ने गलत सोचाई रहेको हुन्छ ।
* मर्नु बाहेक कुनै उपाय फेला नपार्नु
भन्ने गरिन्छ कि एकपटक आत्महत्या गर्न कोशिश गरेको मानिसले बारम्बार त्यस्तो प्रयत्न गरिरहन्छ । तर, उसलाई सहि बाटो देखाएर उसको सोचलाई सकारात्मक बनाउन सकियो भने हामीले उसलाई बचाउन सक्नेछौँ । आत्महत्या गर्ने व्यक्तिले आफ्नो समस्याको उपाय मृत्यु बाहेक केही नरहेको ठानेको हुन्छ ।
* मरेपछि स्वर्ग पुगेर सुख पाइन्छ
कतिपय मानिसहरुको प्रवृति अरुको कुरामा सजिलै विश्वास गर्ने खालको हुन्छ । अन्धविश्वासका कारण उनीहरु मृत्युको मुखमा पुगेकाहरुले स्वर्ग देखेको जस्ता बनावटी कुरा पत्याउने गर्छन् । मरेपछि आरामै आराम पाइन्छ र स्वर्ग पुगिन्छ भन्ने भ्रमका कारण पनि मानिसहरु आत्महत्या गर्ने गर्छन् ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस