१८ वर्षीया किशोरी बलात्कार आरोपित ९ महिनापछि पक्राउ
सप्तरी- एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नगरपालिका–५ कुशहाका १७ वर्षीय मोहम्मद अन्साद मियाँलाई पक्राउ गरेको छ ।
फरार भएका आरोपितलाई नौ महिनापछि सिरहाको धनगढीमाई नगरपालिका–२ धनगढास्थित मामाघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ । मामाघरमा लुकेर बसेको गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षकको टोलीले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
विवाहको प्रलोभन दिई आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालयमा २०७६ पुस १२ गते उजुरी दिएका थिए । घटनापश्चात गाउँघरमै छलफल गरी मिलाउने प्रयास असफल भएपछि ढिलो गरी उजुरी आएकाले तत्काल पक्राउ गर्न नसकिए पनि नौ महिनामा फरार रहेका आरोपितलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केशरीले बताए । आरोपितले भने विवाह गर्न नमान्दा झुठा उजुरी लगाएको बताएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस