• जीवनशैली | Jiwanshaili
  • आमाको हत्याको आरोपमा २४ वर्षीय छोरा पक्राउ


    झापा- झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

    मादक पदार्थ सेवन गरी उनले आज अपरान्ह ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।

    उनलाई तत्काल घटनास्थलबाटै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस