• जीवनशैली | Jiwanshaili
  • अंग्रेजी नम्बर प्लेट राख्ने सर्वोच्चको फैसाप्रति शिक्षक महासंघको आपत्ति


    सर्वाेच्च अदालतल अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्नफैसला गरेकामा नेपाल शिक्षक महासङ्घ घोर आपत्ति जनाएको छ । नेपालका सवारीसाधनहरूमा देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान र अस्तित्वमाथि नै आक्रमण गरी अकल्पनीय फैसला भएको भन्दै महासंघले नेपाली भाषाको अपमान भएको भन्दै फैसलाको निन्दा गरेको छ ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुविशेषतायुक्त राष्ट्र हो भन्दै नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा भए तापनि देवनागरी लिपिमा लेखिने नेपाली भाषा संविधानतः नेपालको सरकारी कामकाजको भाषा भएको महासंघले स्मरण गराएको छ ।

    ‘नेपालीले बुझ्ने र सम्पूर्ण नेपाली जातिको साझा सम्पर्क भाषा जगेर्ना गर्नु हामी सबैको कर्तव्य र दायित्व हो ।’ नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाद्वरा जारी विज्ञप्तिमा भनिएको छ । विभिन्न सरकारी निकायहरूका साथै सङ्कीर्णतावादी सोच राख्ने केही व्यक्ति र समूहबाट मानक नेपाली भाषालाई समयसमयमा ध्वस्त पार्ने अनिष्टकारी प्रयत्न गरिएको प्रति महासंघले रोष व्यक्त गरेको छ ।

    मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको नेतृत्वमा नेपाल शिक्षक महासङ्घका साथै नेपाली भाषा संरक्षणका लागि क्रियाशील राष्ट्रवादी अभियन्ताहरूको अथक् प्रयास एवं तीव्र दबाबका कारण नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यमिक शिक्षा परिषद् आदिबाट अमानक वर्णविन्यास खारेज गराइएको विगत पनि महासंघले स्मरण गराएको छ ।

    ‘नेपाली भाषाको संरक्षण गर्नुपर्ने निकाय सर्वोच्च अदालतबाटै नेपाली भाषाको अपमान हुने गरी फैसला गरिनु निन्दनीय कुरा हो । सर्वाेच्च अदालतको उक्त असंवैधानिक फैसलाका विरुद्ध मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको नेतृत्वमा चालिएका कदमप्रति ऐक्यबद्धता प्रकट गर्दै सो फैसला तत्काल बदर गरी सवारीसाधनहरूमा नेपाली भाषामै नम्बर प्लेट प्रयोग गर्ने–गराउने व्यवस्थाका लागि नेपाल शिक्षक महासङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस