नौं वर्षीय बालकको हत्या, एक पक्राउ
डोटी- अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकामा चोट लागेको छ ।
सुनारले किन बालकको हत्या गरे भन्ने विषयमा केही नखुलेको प्रहरीले जनाएको छ । अभियुक्त सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख भट्टले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस