• जीवनशैली | Jiwanshaili
  • भारतीय चलचित्र निर्देशक अनुराग कश्यपमाथि लाग्यो बलात्कारको आरोप


    भारतीय मध्य धारका चलचित्र निर्देशक अनुराग कश्यपमाथि बलात्कारको आरोप लागेको छ । उनलाई एक कम परिचित अभिनेत्री पायल घोषले बलात्कारको आरोप लगाएकी हुन् । पायले भारतको एक टीभी च्यानल एबीएन् मा बोल्दै आफुमाथि अनुराग कश्यपले बलात्कार गरेको आरोप लगाएकी हुन् । अभिनेत्रीले प्रतिकृयाका क्रममा बलात्कार भएको भनिएको सही समय बताउन सकेकी छैनन । उनका अनुसार उनीमाथि कश्यपले २०१४ वा १५ मा बलात्कार गरेका हुन् ।

    अभिनेत्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै अनुरागमाथि कारवाही गर्न ट्विटमार्फत मागर गरेकी छिन् ।

    पछिल्लो समय अनुराग कश्यप भारतमा सत्तारुढ भारतीय जनता पार्टीको प्रखर आलोचकका रुपमा अघि देखिएका छन् । सत्तारुढ पार्टीको समर्थक देखिएका अभिनेत्री कंगना रनावत भारतीय जनता पार्टीको मोहोरा बनेको अनुरागले बताउँदै आएका छन् ।

    आरोप लागेपछि लगतार ट्विट गर्दैै अनुरागले यो त सुरुवात हो आफुलाई अझ धेरै यस्ता आरोप लाग्न सक्ने बताएका छन् । यससँग उनले आफुमाथि लागेको बलात्कारको आरोपको खण्डन पनि गरेका छन् ।


    क्याटेगोरी : प्रवास, समाज

    प्रतिक्रिया दिनुहोस