चट्याङबाट एकको मृत्यु, एक घाइते
लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन् ।
घाइते भएपछि गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टालगायत शरीरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको छ । घाइते गुरुङको उक्त अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस