• जीवनशैली | Jiwanshaili
  • आज यी पाँच प्रदेशमा भारी वर्षा हुने, बाढीपहिरो जाने हुँदा सतर्कता अपनाउन आग्रह


    असोज ७ गते (बुधबार)

    आज दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।

    यस्तै, राती भने देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश,प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस