काठमाडौं र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
काठमाडौं- गएराति काठमाडौं र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति गोगंबुमा बसले पैदल यात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षीय शंकर पन्तको मृत्यु भएको हो ।
गोगंबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले करिब आठ बजेतिर ठक्कर दिँदा घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बसको ठक्करले घाइते भएका धादिङ १४ वर्षीय बालकको भने उपचार भइराहेको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी भक्तपुरको सूर्यविनायन नगरपालिका ५ को घताले चोकमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका २० वर्षीय अनिस श्रेष्ठको मृत्यु भएको छ । बा ७३ प ४१६१ नम्बरको मोटारसाइकल पल्टिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनापछि उनको उद्धारका लागि जाँदै गरेको भे ६ प ५०७ नम्बरको मोटरसाइकल पल्टिदा इलामका उज्वल राई र सुजल गहतराज घाइते भएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस