• जीवनशैली | Jiwanshaili
  • धादिङको गलौदीमा पहिरो : पृथ्वी राजमार्ग अवरुद्ध, २ गाडी पुरिए


    धादिङ- धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोले बुधबार बिहान २ वटा गाडी पुरिएको छ । काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुगेको छ ।

    पहिरोले राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । सडक बिभागको गजुरी फिल्ड कार्यालय पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको गजुरि प्रहरीले जानकारी दिए ।

    मङ्गलबारदेखि परेको अविरल वर्षाले जिल्लाको विभिन्न ठाउँमा पहिरो गएको छ ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस