• जीवनशैली | Jiwanshaili
  • ट्रेन्डीङमा ‘फर्स्ट इम्प्रेशन च्यालेन्ज’ र ‘कपल च्यालेन्ज’


    काठमाडौं- सामाजिक सञ्जालमा समय समयमा केही नकेही ट्रेन्डीङमा आइरहेका हुन्छन् । ट्रेन्डीङमा आउने यस्ता ट्याग्सहरुले सामाजिक सञ्जाललाई पुर्नताजगी प्रदान गरिरहेका हुन्छन् । मानिसहरु पनि आफ्नो व्यस्तता र थकानलाई सामाजिक सञ्जालमा आउने ट्रेन्डीङबाट आफूलाई फ्रेस बनाउने गरेको पाइन्छ ।

    अहिलेसम्म कपल च्यालेन्जमा अहिलेसम्म ७ लाख ४७ हजार भन्दा बढी पोष्ट भएका छन् । त्यस्तै, फर्स्ट इम्प्रेशन च्यालेन्जमा पनि ७५ हजार बढीले पोष्ट गरेका छन् भने यस ग्रुपमा ८ लाख ९९ हजार जना आबद्ध छन् ।

    केही सातादेखि सुरु भएको ट्रेन्डीङ कपल च्यालेन्ज र फर्स्ट इम्प्रेशन च्यालेन्ज हुन् । हाल यी दुई ट्रेन्डीङमा पोष्ट गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । फर्स्ट इम्प्रेशन च्यालेन्जमा पोष्ट गरेका नेपालगञ्जका मनिस रेग्मी भन्छन्, ‘यो च्यालेन्ज रमाइलो लाग्यो । यसबाट मलाई सुरुमा भेट्नेले के सोचेको थियो त त्यसबारे थाहाँ हुन्छ र सुन्दा रमाइलो पनि लाग्छ ।’

    यस्तै, कपल च्यालेन्जमा आफ्नो जोडीको फोटो सामाजक सञ्जालमा पोष्ट गरेर काठमाडौंकी राधिका बस्नेत मख्ख छिन् । उनी भन्छिन्, ‘धेरै समयको ग्यापपछि श्रीमानसँगको फोटो राख्न पाउँदा खुसी लागेको छ । हाम्रो फोटो हेर्नेहरुले पनि धेरै लाइक र कमेन्ट गरिरहनु भएको छ ।’ राधिका जस्तै कीर्तिपुरकी सबिता बस्नेत पनि श्रीमानसँग पोज पोजको फोटो खिच्न पाउँदा खुसी छिन् । ‘पहिले पहिले मेरो श्रीमान फोटो खिच्न खासै मन गर्नुहुदैनथ्यो तर आजभोली मलाई बोलाएर पोज पोजको फोटो खिच्नु हुन्छ ।’ सबिताले भनिन्, ‘यो कपल च्यालेन्जले हामीलाई कोरोना संक्रमण हुने भयलाई भुल्न सहयोग गरेको छ ।’

    दौडधुप र अति व्यस्तताको बावजुद मानिसहरु सामाजिक सञ्जालमा आफ्नो थकान बिसाउन खोजिरहेका छन् । बेला बेलामा यस्ता ट्रेन्डीङ ट्याग्स आउनाले मानिसमा सकारात्मक उर्जाको विकास हुने गरेको प्रयोगकर्ताहरु बताउँछन् । जे होस् सामाजिक सञ्जालको माध्यमबाट मानिसहरुले कोरोनाको भयबाट थोरै भएपनि राहत लिइरहेका छन् । यसले मानिसमा आत्मबल र खुसी बढाउन केही हदसम्म मद्दत पुगेको छ ।

     

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस