• जीवनशैली | Jiwanshaili
  • आज यी पाँच प्रदेशमा अति भारी वर्षा हुने, बाढीपहिरोको सम्भावना हुँदा सतर्क रहन आग्रह


    असोज ८ गते (बिहीबार)

    आज दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ ।

    यस्तै, राती भने देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ ।

    सबै प्रदेशका थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस