• जीवनशैली | Jiwanshaili
  • पाल्पाको फोक्सिङकोट बेलौजामा पहिरो : तीन घर पुरियो, ६ जना बेपत्ता


    पाल्पा- पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । पहिरोमा परेर हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिदा उनीहरु बेपत्ता भएका हुन् ।

    त्यस्तै अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिकोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।

    पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

    थप विवरण आउन बाँकी ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस