• जीवनशैली | Jiwanshaili
  • नारायणी र तिनाउको जलसतहले खतराको तह नाघ्यो, डुबान र बाढीको सम्भावना


    चितवन- लगातार परेको पानीले नारायणी र तिनाउ नदीमा आएको वाढीले खतराको तह नाघेको छ । बाढीपुर्वनुमान महाशाखाले तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएका भएकाले सतर्कता अपनाउन सूचना गरेको छ । तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ । अहिले विहान ८ बजेसम्मको रेकर्डअनुसार तिनाउको जलसतह ५.७१ मिटर पुगेको छ ।

    यद्यपि यो सतह घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, जल तथा मौसम विज्ञान विभागका अनुसार बुटवलको तिनाउ नदीमा पनि पानीको सतह ५.६२ मिटिर पुगेको छ । नदीमा पानीको सहतले ५.६ मीटर पार गरे खतराको सूचक मानिन्छ ।

     


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस