• जीवनशैली | Jiwanshaili
  • स्याङजाको वालिङमा पहिरो : ५ को मृत्यु, ४ जना बेपत्ता


    वालिङ- स्याङजाको वालिङ नगरपालिका १४ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ९ जनामध्ये ५ जनाको शव निकालिएको छ । अविरल वर्षाले पहिरो जाँदा स्थानीय माया नेपालीको घर पहिरोमा पुरिएको हो । बिहीबार विहान साढे चार बजे गएको पहिरोमा परी बेपत्ता भएका मध्ये ५ जनाको शव निकालिएको हो ।

    चार जना अझै पुरिएको अवस्था छ । जिवितै उद्दार भएको १० वर्षको बालक भने वालिङ अस्पताल लगिएको जनाइएको छ । पहिरोमा एकै परिवारका ९ जना थिए भने एक जना पाहुना रहेको समेत स्थानीय बासिन्दाले जनाएका छन् ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस