• जीवनशैली | Jiwanshaili
  • यी प्रदेशमा अति भारी वर्षासँगै बाढीपहिरोको खतरा, सतर्कता अपनाउन मौसमविदको आग्रह


    असोज ९ गते (शुक्रबार)

    आज दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एक-दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्ज/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ।

    प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस