• जीवनशैली | Jiwanshaili
  • धादिङमा पहिरोले ट्याक्सी खस्योः एकको मृत्यु, चार जना घाइते


    धादिङ- सुत्केरी लिएर काठमाडौंबाट धादिङबेसीतर्फआउँदै गरेको ट्याक्सी कालुपाण्डे राजमार्गको मलेखु–धादिङबेसी सडकखण्डमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

    काठमाडौंबाट धादिङबेसीतर्फ रिजर्भमा आउँदै गरेको बा १ ज १२६२ नम्वरको ट्याक्सी राति करिब ८ बजे धादिङको सिद्धलेक गाउँपालिका–६ फिस्टार नजिकैको तिरतिरे धारामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गंगाजमुना गाउँपालिका–३ की ५० वर्षीया विन्दु तामाङको मृत्यु भएको र सुत्केरीसहित अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । ट्याक्सी सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटना भएको ठाउँमा गत साउन ५ गते पहिरो खसेर सडक साँघुरो भएकाले चालकले सडकको ज्ञान नपाउँदा ट्याक्सी अनियन्त्रित भई दुर्घटना भएको अनुमान प्रहरीको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस