• जीवनशैली | Jiwanshaili
  • आज काठमाडौं उपत्यकाका कुन कुन ठाउँमा बत्ति जादैछ ?


    आज (शनिबार) काठमाडौं उपत्यकाका ५ ठाउँमा बत्ति जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विशेष गरी ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

    नेपाल विद्युत प्राधिकरणले आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने जनाएको छ । प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ ।

    शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस