एसिड आक्रमण जस्तै बलात्कारीलाई पनि कडा कारवाही गर्न माग
काठमाडौं- अखिल नेपाल महिला सङ्घ ९अनेसङ्घ०ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ ।
अनेमसङ्घका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेक छन् । उनीहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् । बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका कामीको यही असोज ७ गते घरबाट पशुचौपया बाँध्न सिमछाना भन्ने ठाउँमा गएको बेला अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो ।
यस्तै अनेरास्ववियुका संयोजक ऐन महरले पनि विज्ञप्ति जारी गर्दै बालिकामाथि बलात्कारपछि हत्या गरेको जघन्य अपराधका दोषीलाई कारवाहीको माग गरेका छन् । उनले पीडित परिवारलाई उचित परिपूरणको व्यवस्थाको समेत माग गरेका छन् । उनले सरकारले तेजाब ९एसिड० प्रहार गर्ने अपराधीलाई ऐनमार्फत नै कडा कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको जस्तै बलात्कारीलाई पनि ऐन संशोधन गरेर कडा कारवाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस