मकवानपुरमा एकैदिन सात जनाको मृत्यु
वाग्मती- मकवानपुरमा विभिन्न घटनामा शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ । शनिबार हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने सोही दिन रेबिजका कारण ५९ वर्षीय एकजना पुरुषको मृत्यु भएकोे छ । मकवानपुरमा हिजै खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको कैलाशमा खोलाले बगाउँदा ३८ वर्षीय धावा स्याङ्तान, भीमफेदीमा राप्ती खोलाले बगाउँदा वीरगञ्ज घरभई हेटौंडा बस्ने १८ वर्षीया किशोरी प्रियका सोनी र हेटौंडा १९ को ज्यामिरे खोलालले बगाउँदा पहिचान नखुलेकी अन्दाजी ४०÷४५ वर्षकी एक महिलाको ज्यान गएको हो । हिजै मकवानपुरको मकवानपुरगढी दरबार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा अर्का एक जनाको मृत्यु भएको छ ।
गढी दुर्घटनामा ४६ वर्षीय भरत पुडासैनी र मनहरी दुर्घटनामा बारा रतनपरीका सूर्य स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुवै घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस