• जीवनशैली | Jiwanshaili
  • राजेन्द्रले स्वीकारे अपराधः उनले भने, ‘मन्दिरभित्रको त्रिसुल रोपे, मृत्यु नभएपछि ढुंगाले टाउको र छातिमा हाने’


    बझाङ- बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या अरोपमा पक्राउ परेका राजैन्द्रले स्वीकारेका छन्। सम्झना स्थानीय मुसा खोलामा पुगेपछि एक्कासी आफूले समाएर मुख थुन्दै जंगलको बीचमा रहेको सिम देवताको मन्दिरभित्र पुर्‍याएको र त्यहाँ आफूसँग यौनसम्बन्ध राख्न र कानमा लगाएको सुनको मुन्द्रा दिन नमानेपछि जबरजस्ती करणी गरेपछि चिच्याउन थालेपछि कुटपिट गरी हत्या गरेको प्रहरीसमक्ष राजेन्द्रले स्वीकारेको एक प्रहरी उच्च अधिकारीले जानकारी दिएका छन्।

    राजैनद्रले भने, ‘मैले जबरजस्ती करणी गरेपछि चिच्याउन थालेकी थिइ, त्यसपछि मन्दिरभित्र रहेको त्रिसुल रोपे तर मृत्यु नभएपछि ढुंगाले टाउकोमा र छातिमा कुटेको हुँ।’

    खिकाला गाउँदेखि १० मिनेट टाढा गाड नजिक राजेन्द्रको भैंसी गोठ छ। त्यहीँ बाटो भएर सम्झना सधैं आफ्नो गोठ र घर हिड्ने गरेकी थिइन्। लामो समयदेखि राजेन्द्रले सम्झनाको पिछा गर्दै आएको प्रहरीले अनुसन्धानबाट पुष्टि गरेको छ। असोज ७ गते दिँसो ४ बजे गोठमा भैँसीलाई घाँस दिने निहुँमा सम्झनालाई पर्खेर उनी बाटो बसेका रहेछन्। उनले सम्झना आएको टाढैबाट देखे र गाडबाट पिछा गर्दै उनी गए। सम्झनाले आफू पछाडि आएको कुनै जानकारी नपाएको उनले प्रहरीलाई बताएका छन्।

    सम्झनाको हत्यामा प्रयोग गरिएको त्रिसुल मन्दिरभन्दा करिब ३ मिटर टाढा फेला परेको थियो। सम्झनाको बलात्कारपछि राजेन्द्र नै हत्या गरेको प्राप्त आधार र स्वयं राजेन्द्रले नै स्वीकार गरेको प्रहरीको दाबी छ। दोषी पत्ता लागेकाले कानुनी कारबाही हुने र पीडित परिवारले न्याय पाउने प्रहरीको विश्वास छ।

    सम्झनाका आमा बुबा चार वर्षदेखि रोजगारीको क्रममा भारतमा थिए। सम्झनाका बाबु विकास कामीले छोरीको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्। बोका काट्ने मन्दिरमा छोरीको बली दिइएको भन्दै उनले आक्रोस व्यक्त गरेका छन्। सम्झनाको दाहासंस्कारमा समेत विकास सहमागी हुन पाएनन्। उनलाई कोरोना पोजेटिभ देखिएकाले सदरमुकाम चैनपुरमा रहेको क्वारेन्टिनमा रहेका छन्।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस