हामीले प्रयोग गर्ने सिरानी कस्तो हुनु पर्छ ?
मीठो निद्राका लागि नरम र आरामदायी सिरानी हुनुपर्छ। सिरानीको राम्ररी हेरचाह गरिएन भने त्यो विभिन्न रोगको कारण बन्न सक्छ।
- पुरानो भएपछि सिरानी ब्याक्टेरियाको घर बन्छ। त्यसमा धुलो जम्मा हुन्छ। घरभित्र हुने धुलोमाटो तकियामा जम्न थाल्छ। घरपालुवा जनावरबाट पनि तकियामा ब्याक्टेरिया आउन सक्छन्। ती ब्याक्टेरिया सास लिँदा शरीरमा प्रवेश गर्छन्। श्वाससम्बन्धी विभिन्न रोगको कारण बन्छन्। यसबाहेक ती ब्याक्टेरियाले एलर्जीको समस्या पनि निम्त्याउँछन्।
- तकिया पुरानो भएपछि प्रयोग गर्नु हुन्न। त्यसमा जमेको धुलोमाटो, फोहोरले सुत्दा समस्या आउन सक्छ।
- पुरानो सिरानीलाई लामो समयसम्म प्रयोग गरिरह्यो भने घाँटी, ढाड दुख्ने समस्या देखिन सक्छ।
- फोम भएका तकिया आरामदायी हुन्छन्। सुत्दा यस्ता तकियाले टाउको र घाँटीअनुसारको सेप लिन्छन्। गर्भवती महिलालाई पनि यस्ता तकिया प्रयोग गर्न सल्लाह दिइन्छ।
- कपाल चिसो छ भने तकियामा टाउको राख्नु हुँदैन। चिसो र फोहोर ठाउँमा ब्याक्टेरिया छिट्टै उत्पन्न हुन्छन्।
- सिरानीसँगै त्यसको खोलमा पनि ध्यान दिनुपर्छ। भित्रसम्म धुलोमाटो नपुग्ने खालको खोल हाल्नुपर्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस