ट्रयाकटर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो ।
दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाकटरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चडेका तीनमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । छ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको प्रहरी निरीक्षक साहले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते टेम्माकै ३० वर्षीय हरि मुग्राती रहेको र उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलबाट गएराति नै उद्दार गरेका घाइते मुग्रातीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि चालक निशान राई र सहचालक विशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस