जङ्गलमा फालिएको २८ दिने शिशुको १२ घण्टापछि उद्धारः आमासहित दुई पक्राउ
सल्यान- जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो ।
आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा–३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ । श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शिशु अस्पताल पुर्याएर उपचार शुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए ।
प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फाल्ने महिला र अवैध सम्बन्ध राख्ने भनिएका शारदा–२ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ । करीब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अवैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले जङ्गलमा फालेर घर गएको भनी परियारले बयान दिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस