• जीवनशैली | Jiwanshaili
  • महिलालाई बन्धक बनाएर बलात्कार गरि हत्या गर्ने युवक डेढ वर्षपछि पक्राउ


    काठमाडौं- महिलालाई बन्धक बनाएर बलात्कार गरि हत्या गर्ने फरार आरोपित डेढ वर्षपछि पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भई हाल मकवानपुर, हेटौडा उपमहानगरपालिका-१४ बस्ने विनय श्रेष्ठ भन्ने विनय माझी सोमबार पक्राउ परेका हुन्।

    माझीले काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटार स्थित रमेश श्रेष्ठको अस्थायी टहरामा जिल्ला सि.पा. कर्थली-३ स्थायी घर भई का.जि.जोरपाटी नयाँबस्ती बस्ने वर्ष ३६ की पम्फा श्रेष्ठलाई बन्धक बनाई कर्तव्य गरी फरार रहदै आएका थिए। उनलाई महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका-१४, नयाँ बस्तीबाट पक्राउ गरेको छ।

    अनुसन्धानका क्रममा विनय माझीले मृतक पम्फा श्रेष्ठलाई विभिन्न बहाना गरी निजको डेराकोठामा लगी २०७६ साल बैशाख ३० गतेदेखि जबरजस्ती बन्धक बनाई राखेकोमा कर्तव्य गरी कोठा बाहिरबाट ताला लगाई फरार रहेका थिए। त्यसलगत्तै सोही वर्ष जेठ ५ गते स्थानीय व्यक्तिहरूले प्रहरीलाई खबर गरेकोमा अनुसन्धान टोलीले ताला फोडी हेर्दा महिला मृत अवस्थामा खाटमा फेला परेकी थिइन्। घटनामा संलग्न विनय श्रेष्ठ भन्ने विनय माझी घटना पश्चात् फरार रहेकोमा सोमबार पक्राउ परेका थिए।

    विनय माझीले सोमबहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेको महानगरीय प्रहरीले जनाएको छ। थप आवश्यक अनुसन्धान कार्यको लागि माझीलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस