बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ
बझाङ- जिल्लाको मष्टा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले मष्टा गाउँपालिकाको खिकालाबाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मष्टा गाउँपालिका वडा नं ३ का वर्ष २४ का झलक दमाइ, वडा नं २ का वर्ष २५ का लालबहादुर बोहरा, वर्ष ५७ का धनचढी बोहरा, वर्ष ४५ कि थमकला दमाई, वर्ष ५७ का पिरु दमाई र वर्ष ५५ का गल्फे बोहरा रहेका छन् । सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए ।
प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई सो घटना गाउँमै पञ्चायतको काम गरी गुपचुप मिलाएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस