कोरोना जोखिमबाट बँच्न भिटामिन-डी उपयोगी
कोरोना भाइरसको महामारीमा शरीरमा भिटामिन-डी को कमी हुन नदिनुस। भिटामिन-डी ले कोरोनासँग लड्ने क्षमताको विकास गर्छ र संक्रमणबाट गम्भीर अवस्था आउन पनि रोक्छ। त्यसैले हाम्रो शरीरमा भिटामिन-डी को मात्रा बढी हुन जरुरी छ। भिटामिन-डी प्राप्त गर्ने सबैभन्दा सहज उपाय हो विहान १० बजे भन्दा अगाडी सूर्यको प्रकाशमा बस्ने। हरेक दिन १५ देखि ४० मिनेटसम्म बसेर भिटामिन-डी को कमीलाई पूरा गर्न सकिन्छ। र कोरोनाको संक्रमणलाई पनि घटाउन सकिन्छ।
बॉस्टन यूनिवर्सिटी स्कूल ऑफ मेडिसिनले कोरोनाका बिरामी र भिटामिन-डी को कनेक्शन बुझ्नका लागि रिसर्च गरेको छ। उक्त रिसर्चमा यो पत्ता लागेको छ कि जुन बिरामीमा भिटामिन-डी पर्याप्त मात्रामा पाइएको छ उनीहरुमा संक्रमणको धेरै असर परेको देखिदैन। यसबाहेक भिटामिन-डीले रगतमा सी-रिएक्टिव प्रोटीनको लेवल पनि कम गर्छ। जसले गर्दा सुनिने खतरा कम हुन्छ।
शोधकर्ता माइकल एफ होलिकका अनुसार, भिटामिन-डी ले कोरोनाका बिरामीलाई गम्भीर हुनबाट जोगाउँछ र संक्रमणका कारण मृत्यु हुने खतराबाट पनि बचाउँछ। सो रिसर्च २३५ जना संक्रमितहरुमा गरिएको हो।
भिटामिन-डी कमी भएमा देखिने लक्षण
उसो त भिटामिन-डी कमी भएमा यसको लक्षण सहजै थाहा पाउन सकिदैन तर पनि रिसर्चमा भनिए अनुसार लक्षण यस प्रकारका छन्ः
१. बारम्बार खोकी लाग्नु, थकान हुनु, हड्डिहरुमा दुखाई, पिठ्यूको मुनिको भाग दुख्नु।
२. सधैं सुस्त रहनु, सर्जरी या चोटपछि घाउँ लामो समयसम्म पनि निको नहुनु।
३. महिलाहरुमा कपाल झर्ने समस्या हुनु।
४. भिटामिन-डी को कमी महसुस भएमा जाँच गराउने।
५. कति कमी भएको छ त्यसै आधारमा चिकित्सकले खानपान र भिटामिन-डी बढाउने उपाय सुझाउँछा्।
भिटामिन-डी को आवश्यकता किन हुन्छ ?
# दात र मांसपेशिलाई बलियो बनाउन
# यसको कमी भएमा शरीरको हड्डि कमजोर हुन्छ
# बालबालिकाहरुमा रिकेट्स नामक रोग लाग्न सक्छ
# वृद्धहरुमा अस्टिमलेशा नामक रोगको खतरा हुन सक्छ
# रोगसँग लड्न सक्ने क्षमता पनि कमजोर हुन्छ
# यसबाट संक्रमणसँग लड्न सक्ने क्षमताको विकास हुन्छ
भिटामिन डी को मात्रा यसरी बढाउनुहोस
- हरेक दिन १५ मिनेटसम्म नियमित रुपमा सूर्यको प्रकाशमा बस्ने।
- साल्मन माछा प्रोटिन, ओमेगा-३ फैटी एसिड भिटामिन डी को सबैभन्दा राम्रो स्रोत हो।
- अन्डाको पहेलो भागमा भिटामिन-डी पाइन्छ। यसबाहेक फैट, अन्य भिटामिन र मिनरल्स पनि हुने गर्छ।
- सुन्तलामा भिटामिन-सी हुन्छ। जसले भिटामिन डी को विकास गर्नमा मद्दत गर्छ। यसैले ताना सुन्तलाको रसको सेवन गर्नु पर्छ।
- गाईको दूध र दही दुवै भिटामिन-डी को राम्रो स्रोत हुन्। तर लागेको दूध पउिँनु पर्छ। घरमै जमाएको दही भए धेरै राम्रो मानिन्छ।
- यसबाहेक पनि बदामको दूध र चामलको दूध लिन सकिन्छ।
- चिकित्सकले सप्लीमेंट्स पनि दिन सक्छन्। इन्जेक्शन अथवा दबाईको रुपमा पनि भिटामिन-डी दिन सकिन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस