• जीवनशैली | Jiwanshaili
  • कस्तो रहला आज देशभरको मौसम


    असोज २५ गते (आइतबार)

    आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती भने देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस