कुन देवी देवतालाई कस्तो फूल चढाउने ?
सामान्यरुपमा कुनैपनि देवीरदेवतालाई जस्तो प्रकारको पुष्प चढाउन मिल्छ तर हिन्दुधर्म मान्यताको आधारमा केही फूल भगवानलाई विशेषरुपमा प्रिय हुन्छ र केवल केही प्रकारको फूललाई चढाउन अनुमति हुन्छ । भगवानलाई आफ्नो मनपर्ने पुष्प अर्पण गर्दा प्रसन्न हुने गर्दछन् भने आफ्नो भक्तहरुको हरेक मनोकामना पुरा गर्नेछन् ।
श्रीगणेशजी
शास्त्रको अनुसार गणेशजीलाई तुलसीदल बाहेक सबै प्रकारको फूल चढाउन मिल्छ । गणेशजीलाई दुबो अत्यन्त प्रिय रहेको छ । दुबोको माथिल्लो भागको तीन वा पाँच पत्ता निकै शुभ मानिन्छ ।
शंकर भगवान
शिव भगवानलाई धतूरोको फूल, पारिजात, नागकेसरको सेतो पुष्प, कनेर, कुसुम, आक, कुश आदि फूल चढाउनु पर्दछ । विभिन्न ठाउँअनुसार फरकफरक नाम भएको चुवा फूल यसलाई कतै गोलाईँती फूल त कतै केताकी फूल पनि भन्ने गरीन्छ । शिव भगवानलाई केताकी फूल चढाउन हुँदैन ।
विष्णु भगवान
श्री हरीलाई कमल, मौलसिरी, जूही, कदम्ब, केताकी फूल, चमेली, अशोक, मालती, वासन्ती, चम्पा, वैजयन्तीको पुष्प अति प्रिय रहेको छ । विष्णु भगवानलाई तुलसी चढाउदा अति शीघ्र प्रसन्न हुने गर्दछन् । कार्तिक महिनामा भगवान नारायणलाई केताकीले पूजा निकै महत्वपूर्ण मानिन्छ । तर विष्णु भगवानलाई आक, धतूरो चढाउन हुँदैन ।
सूर्य नारायण
सूर्य नारायणको उपासना कुटज वा इन्द्रजौको फुलले पुजा गर्नुहुँदैन । यस बाहेक कनेर, कमल, चंपा, पलाश, आक, अशोक आदि पुष्प पनि भगवानको मनपर्ने फुल हो ।
भगवान श्रीकृष्ण
महाभारतमा आफ्नो मनपर्ने पुष्पको बारेमा बताउदै युधिष्ठिरसंग श्रीकृष्णले भनेका छन्, “मलाई कुमुद, करवरी, चणक, मालती, पलाश वा वनमाला फूल अति मनपर्छ ।”
दुर्गा माता
शंकर भगवानलाई चढाउने सबै पुष्प भगवती मातालाई पनि प्रिय छ । यस बाहेक बेली, सेतो कमल, पलाश, गुलाब, चंपाको फूल चढाउदा देवी खुसी हुन्छिन् ।
लक्ष्मी माता
लक्ष्मी मातालाई सबैभन्दा अधिक प्रिय पुष्प रातो र सेतो कमल हो । उनलाई पहेलो फूल चढाएर पनि प्रशन्न गर्न सकिन्छ । लक्ष्मी मातालाई रातो गुलाब निकै मनपर्ने फूल हो ।
हनुमान
हनुमानजीको पूजामा रातो पुष्प अर्पण गर्दा विशेष फल प्राप्त हुन्छ । त्यसैले रातो गुलाब, रातो सयपत्री , अनार आदि पुष्प चढाउनुपर्छ ।
महाकाली
महाकालीको पूजा गर्दा रातो रंगको फूल चढाउनु पर्छ । अनारको फूल मातालाई निकै मनपर्छ र महाकालीलाई एक सय आठ प्रकारको रातो रंगको फूलको माला चढाए मनोकामना छिट्टै पुरा हुन्छ ।
सरस्वती माता
विद्याकी देवी सरस्वती मातालाई प्रसन्न गर्न सेतो वा पहेलो रंगको फुल फूल चढाउनु पर्दछ । सेतो गुलाब, सेतो कनेर वा पहेलो सयपत्री फूलले सरस्वती माता प्रसन्न हुने गर्दछिन् ।
शनि देव
शनि देवलाई प्रसन्न गर्नको लागि निलो लाजवन्तीको फूल चढाउनुपर्दछ । यस बाहेक कुनैपनि निलो वा गहिरो रंगको फूल चढाउदा शनि देव छिट्टै प्रसन्न हुन्छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस