चित्रकलामा रमाउँदै ‘गरिमा’
काभ्रेपलाञ्चोक बनेपाकी ११ वर्षीय गरिमा अधिकारी कक्षा-६ मा पढ्छिन् । लकडाउनले गर्दा विगत सात महिनादेखि विद्यालय खुलेको छैन । बालबालिका घरमै बसेर अनलाइन क्लास पढिरहेका छन् । अनलाइन क्लास पढेपनि विद्यार्थीहरूको दिउँसो र बिहानको धेरै समय फुर्सदमा नै रहन्छन् ।
यही फुर्सदलाई हरेक दिन पेन्टिङ र स्केचको अभ्यासमा बिताइहेकी छिन् गरिमाले । घरमै उपलब्ध हुने कागज–बाक्सादेखि स्केचबोर्डमा समेत उनको कुची चलेको छ । सुरुमा गरिमाले घरमै उपलब्ध समानबाट पेन्टिङ बनाउन थालिन् । बिस्तारै उनले वाटर–कलर र सिसाकलमले बनाइने मुहारचित्र समेत बनाउन थालिन् ।
गरिमा भन्छिन्, ‘लकडाउनले गर्दा वाटर–कलर, ब्रस र रंगहरू किन्न बाहिर जान गाह्रो छ । यसैले घरमै भएका सामानबाट चित्र बनाउने गरेको छु ।’
गरिमा बनेपाकै ‘विद्या सागर स्कुल’मा पढ्छिन् । चित्रकलासँगै साहित्य पठनमा पनि उनको रुची छ । नेपाली बालसाहित्य र चर्चित साहित्यकारका अधिकांश कृति उनले पढेकी छिन् । देवकोटाका कविता, भैरव अर्यालका व्यंग्यसमेत उनलाई कण्ठस्थ छ । विद्यालय बन्द हुँदा उनले अतिरिक्त सृजनामा पर्याप्त समय पाएकी छिन् । यसैले अहिले कविता लेखनदेखि चित्रकला अनि घरमै उपलब्ध सामानका सुन्दर हस्तकला बनाउन गरिमाको दैनिकी बनेको छ ।
कोर्सको पढाइसँगै अतिरिक्त सृजनात्म कलामा गरिमाको गहिरो रुची रहेको उनकी आमा सम्झना अधिकारी बताउँछिन् । सम्झना भन्छिन्, ‘नानीको सानैदेखि नेपाली पठन क्षमता राम्रो भएकाले अहिले ऊ आफ्नो क्षमता बुझेर रुचीअनुसारका किताब पढ्ने र पेन्टिङ अभ्यास गर्ने गर्छे ।’ यसो त, गरिमा आफूमात्र चित्र बनाउदिनन्, ६ वर्षीय भाइ स्वर्णीम गौरवलाई पनि कार्टुनका पात्रको चित्र, घरका चित्र बनाउन सिकाइरहेकी हुन्छिन् ।
हेर्नुहोस् गरिमाले बनाएका केही चित्रहरू :




क्याटेगोरी : कला शैली, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस