• जीवनशैली | Jiwanshaili
  • पहाडी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने


    कार्तिक १८ गते (मंगलबार)

    आज दिउँसो देशभर पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागहरुमा १र२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    यस्तै, राती भने देशभर पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस