मौसमी फ्लु र कोरोना संक्रमण कसरी छुट्याउने ?
बिस्तारै जाडो मौसम सुरु हुन थालेको छ । जाडो महिनामा रुघाखोकी लाग्नु स्वभाविक हो । तर अहिले रुघाखोकी लागेपनि मानिसहरु तर्सिने अवस्था छ । किनकी अहिले कोरोना उत्कर्षमा पुगेको छ । यो अवस्थामा कोरोना कति समयसम्म रहला भन्न मुस्किल छ । जाडो महिनामा विशेषगरी रुघाखोकी र फ्लू देखिने सम्भावना बढ्छ । साथै कोरोनाको लक्षण र फ्लूको लक्षण लगभग उस्तै हुन् । अहिले मानिसलाई कोरोना वा फ्लूमध्ये एउटाका कारण स्वास्थ्यमा समस्या आएमा विगतको तुलनामा उनीहरुमा त्रास बढेको देखिन्छ । त्यसैले अहिले धेरै सतर्क रहनुपर्ने हुन्छ । कोरोना र फ्लू दुवैको फैलिने र नियन्त्रण गर्ने तरिका लगभग उस्तै छ । अहिले पनि हामीले आवश्यकता अनुरुपको सतर्कता अपनाउन सकेका छैनौँ । जसको परिणाम स्वरुप कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ ।
यदि कुनै मानिसलाई कोरोना लागेको छ भने सो मानिसमा रुघाखोकी देखिन सक्छ। तर, रुघाखोकी मात्र लाग्दा कोरोना नै लागेको हो वा अन्य फ्लूका कारण स्वास्थ्यमा समस्या आएको सजिलै छुट्याउन सकिँदैन ।
मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?
मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण (इन्फेक्सन) हो ।
तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो एक सय डिग्रीसम्म पुग्छ । कहिले काहीँ केही बढी ज्वरो पनि आउन सक्छ तर समान्य पारा सिटामोलले ज्वरो नियन्त्रण गर्न सक्छ ।
तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ । मौसमी फ्लु हुँदा दुईचार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ । फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चार पाँच दिनको फरकमा सर्छ ।
कोरोना भएमा कस्तो लक्षण देखिन्छ ?
- – रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
- – निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
- – श्वास लिँदा धेरै बल लगाउनुपर्ने
- – छातीमा गाह्रो हुने
कस्तो अवस्थामा अस्पताल जाने ?
- – सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन
- – ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा
- – ज्वरो निरन्तर आएमा
- – श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा
- – शरीर धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा
- – मधुमेह, मिर्गाैला रोग जस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने
प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
- – फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने
- – मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
- – सकभर स्वस्थ्य रहने
- – प्रशस्त मात्रामा उमालेको पानी पिउने
- – धेरै प्रसस्त मात्रामा झोल पर्दाथ पिउने
दैनिक किृयाकलाप के–के गर्ने ?
- – सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने
- – काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने
- – स्यानिटाइजर नभए साबुन पानीले हात धुने
- – शौचालय जाँदा र बाहिरबाट घर फर्केेपछि २० सेकेण्ड मिचीमिची हात धुने
- – बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने
- – हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
- – लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने
- – घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने
मौसमी फ्लु र कोरोना यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले अलग भएर बस्ने र आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिन चिकित्सकहरुको सुझाव छ । बेलाबेलामा तापक्रम, अक्सिजन हेरिरहनुपर्ने र आवश्यक परे पीसीआर परीक्षण गर्नुपर्ने उनिहरु बताउँछन् ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस