किन हुन्छ महिनावारी भन्दा २ दिन पहिले अत्याधिक पीडा ?
महिनावारीको समयमा महिलाहरुलाई अत्याधिक मात्रामा पेट हुख्नु, ऐंठन, टाउको दुख्नु जस्ता समस्याहरुको सामना गर्नु पर्छ । तर कतिपय महिलाहरुलाई यी दुखाई महिनावारी हुनु भन्दा २ दिन पहिलेदेखि नै सुरु हुन थाल्छ।, जुन स्वास्थ्यका लागि राम्रो संकेत भने होइन । अत्याधिक पीडा हुने महिनावारीलाई डिसमेनोरियल भनिन्छ । ९० प्रतिशत महिलाहरुमा यो समस्या युट्रसमा ऐंठनका कारण हुन्छ ।
महिनावारीको समयमा अत्याधिक पीडा किन हुन्छ ?
खासगरि यूट्रसले जब मल्स संकुचनको प्रक्रिया शुरू गर्छ तब प्रोस्टाग्लैंडीन हार्मोन रिलीज गर्न थाल्छ । यहीं क्रममा यूट्रसबाट रगतका टुक्रा पनि बाहिर आउने गर्छन् । जसका कारण असहनीय पीडा हुन्छ । फाइब्रॉएड र एंडोमेट्रियोसिसको कारणले पनि पीडा अत्याधिक हुने गर्छ ।
महिनावारी भन्दा पहिले पीडा किन हुन्छ ?
प्रायः महिलाहरुलाई महिनावारीको बेला पीडा हुन्छ भनेर सोचिरहने भएका कारण पनि दुखाई हुने गर्दछ । केही महिलाहरुले यसलाई महिनावारी हुने संकेत पनि सम्झने गर्छन्, जबकि यस्तो भने कदापी होइन । यस्तो हुनुमा धेरै कारण पनि हुन्छ ।
– २० वर्ष भन्दा कम उमेर हुनु
– अत्याधिक पीडा हुने पारिवारिक कारण
– धेरै धुम्रपान गर्नाले
– अधिक मात्रामा रक्तस्राव र अनियमित महिनावारी हुनु
– महिनावारीलाई सामान्य रुपमा लिन नसक्नु
– ११ वर्षको उमेरमा प्यूबर्टी हुनु
यस बाहेक दर्दनाक पीरियड्स कुनै आन्तरिक समस्याका कारण पनि हुन सक्छ ।
प्रीमेंस्ट्रुअल सिंड्रोम पीएमएस
यो यस्तो सामान्य स्थिति हो, जसले महिनावारी भन्दा १-२ दिन पहिले नै शरीरमा हार्मोन्समा उतावचढाव हुन थाल्छ ।
एंडोमेट्रियोसिस
यसको कारण यूट्रसबाट सेल्स शरीरको अन्य भागमा फैलने गर्छ । जसले गर्दा पीरियड्समा अधिक मात्रामा पीडा हुने गर्छ ।
यूट्रस में फाइब्रॉएड
यदि गर्भाशयमा फाइब्रॉएड अर्थात ट्यूमर छ भने यसले पनि असामान पीरियड्स र असहनीय पीडा हुन सक्छ ।
पीडाको उपचार
यसको लागि तपाई चिकित्सकको सल्लाहबाट पेन किलर खान सक्नु हुन्छ । यस बाहेक पेल्विक एरिया वा पीठ्युमा हीटिंग ब्याग राखेर पनि पीरियड्समा हुने पीडाबाट आराम दिन सक्नुहुन्छ ।
मनतातो तेलले पेटमा मसाज गर्ने वा तातो पानीले नुहाउने।
नियमित व्यायाम र हैल्दी डाइट पनि पीरियड्स पीडालाई कम गर्न धेरै हदसम्म मद्दतगार साबित हुन सक्छ ।
चिकित्सकलाई कहिले देखाउने ?
– आईयूडी प्लेसमेन्ट पछि लगातार पीडा भए
– यदि ३ दिन पहिले असहनीय पीडा भए
– महिनावारीको समयमा र रगतको टुक्रा आएमा
– पीडासँगै झाडापखालाको पनि समस्या देखिए
– पीरियड्स नहुँदा पनि पेल्विकमा कडा पीडा भए
इनफर्टिलिटीको कारण बन्न सक्छ :
पेल्विक एरियामा अत्याधिक पीडा इन्फेक्शनको संकेत हुन सक्छ । यस्तो बेला तपाईले स्त्रीरोग बिशेषज्ञलाई देखाउनु पर्छ । किनभने यदि समयमा नै उपचार गरिएन भने यो इंफर्टिलिटीको कारण पनि बन्न सक्छ ।
(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस