अत्याधिक अण्डा खादा मधुमेहको जोखिम,यस बाट कसरी बच्ने ?
अण्डा शरीरको लागि धेरै स्वस्थ हुन्छ, त्यसैले अण्डालाई सुपरफूड पनि भनिन्छ।। धेरै मात्रामा पोषक तत्त्वहरू भएको अण्डालाई बिभिन्न परीकार बनाएर खान सकीन्छ । अण्डामा बिशेष गरी प्रोटीन, खनिज, भिटामिन र स्वस्थ बोसोमा पाइन्छ ।
धेरै अण्डा खाने ब्यक्तीलाई मधुमेहको जोखिममा हुन सक्ने चाइना मेडिकल युनिभर्सिटी र कतार युनिभर्सिटीको नयाँ अध्ययनले जनाएको छ। हरेक दिन एक भन्दा बढी अण्डा सेवन गर्दा मधुमेहको खतरा पनि बढ्न सक्ने सम्भावना रहेको छ। मधुमेह सही खानाको साथ नियन्त्रण गर्न भने अवस्य सकिन्छ।
पछिल्लो समयमा मधुमेह संसारमा लगातार बढिरहेको छ। WHO काे तथ्याङ्कका अनुसार विश्वका करिब ६ प्रतिशत मानिसहरु खराब जीवनशैलीका कारण यस रोगबाट ग्रस्त हुने गर्दछन र यसको संख्या निरन्तर बृद्धि भइरहेको छ। सही खानाको साथसाथै सही जीवनशैली पनि मधुमेह नियन्त्रणको लागि महत्त्वपूर्ण छ।
मधुमेहको जोखिमबाट बच्नका लागि हामीले हरियो तरकारीहरूमा पालक, तीतो लौकी, ब्रोकोली, गाजर, मेथी, गोभी, टमाटर, शतावरी, काकडी, हरियो बीन्स र बथुआ जस्ता चीजहरू दिनहुँ खानुपर्दछ । यी सबै चीजहरू मधुमेह रोगीमा धेरै लाभदायक हुन्छन्। हरियो तरकारीले मुटु र आँखालाई पनि स्वस्थ राख्ने गर्दछ।
साथै रगतमा चिनीको मात्रा बढ्यो भने उच्च स्टार्च भएको तरकारीहरू खादा झन जोखीम हुने सम्भावना हुने गर्दछ र मधुमेह भएको खानामा आलु, फूलगोभी, मकै, सिमी फली, मटर, चना, मसूर, र मीठो आलु जस्ता चीज खानु हुँदैन। दैनिक खानपानमा सावधानी अपनाय मधुमेह जस्ता धैरै रोगहरुबाट बच्न सकीन्छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस