• जीवनशैली | Jiwanshaili
  • कस्तो रहला आजको मौसम ?


    मंसिर ७ गते (आइतबार)

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती भने देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।

    यस्तै, देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस