रोगले लियो बाबाको ज्यान, आमाले अर्को बिहे गरिन्
बिरामी भएर बा मरें, आमाले अर्काे बिहे गरेर गइन्, मलाई गाउँलेले हुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ? घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आउनुभएका बेसाहारा करण बादीले आफ्ना पीडा यसरी बिसाए ।
बेसाहारा भएकै कारण बस्तीमा मागेर गुजारा चलाउँदै आइरहेका कारण धेरै पढेर ठूलो मान्छे बन्ने इच्छा भने मरेको छैन । कहिले नजिकैमा रहेको इँटाभट्टामा कामका लागि जाने गर्नुभएका कारण कहिले भने बजारमा माग्न जाने गरेको बताए । सानै उमेरमा बाबुआमा गुमाएका करण अहिले १२ वर्षका हुनुभयो तर अहिलेसम्म विद्यालय गएका छैनन् ।
कक्षा ४ मा पढ्दा १४ वर्षीय अर्जुन बादीको बुबा बिरामी हुनुभएपछि उहाँको पढाइमा पूर्णबिराम लाग्यो । घरको जेठो छोरो बा बिरामी भएपछि कापी, कलम किन्ने पैसा पनि उहाँसँग भएन । काम गर्न नगए चुलो नबल्ने भएपछि पढ्ने इच्छालाई मारेर इँटाभट्टामा काम गर्न गएको सुनाए । हाम्रो बस्तीमा धेरै पढेको पनि मै हुुँ, पढ्ने रहर हुँदाहुदै पनि घरव्यवहार चलाउने समस्याले पढाइ छोड्नु परृकाे बताए ।
अझै पनि पढ्न पाएँ भने केही गर्नसक्छु भन्ने लाग्छ,धेरै पढेर जागिर खाने रहर र सपना भए पनि घरको आर्थिक अवस्थाका कारण विद्यालय छोडेर भट्टामा पुुग्नुुपरेको अर्जुनले बताए। करण र अर्जुन मात्रै होइन बादी बस्तीका अधिकांश बालबालिका विद्यालय जानबाट बञ्चित छन । उनीहरु सबैको समस्या गरिबी नै हो । यो बस्तीमा रहेका धेरैजसो बालबालिका विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका छन् ।
कोही बाबुुआमा नभएर पढ्न पाएका छैनन् भने बाबुुआमा भएका कतिपय बालबालिका पनि विद्यालय जान सकेका छैनन् । उक्त बस्तीमा २५ घरपरिवार बादी र १५ घरपरिवार दलित जातिको बसोबास छ । उनीहरुको दैनिक गुुजारा छेउमा रहेको इँटाभट्टा र बजारमा पाइने ज्यामी कामले टरेको छ ।
घरको नाजुक अवस्थाका कारण बादी र विक परिवारका बालबालिका विद्यालय छोडेर मजदूरीका लागि दौडिरहेका छन् । विद्यालय जाने उमेरका २५ बालबालिका बजारमा श्रम बेचेर घर चलाउन बाध्य छन् । आधारभूत शिक्षा मौलिक अधिकार भए पनि बादी बस्तीका बालबालिकाले अधिकार उपयोग गर्न पाएका छैनन् । गरिबीको रेखामुनि रहेका उनीहरुलाई गासबासकै समस्या छ ।
छोराछोरी पढाउने रहर हुँदाहुँदै पनि गरिबीका कारण विद्यालय पठाउन नसकिएको डल्ली बादी बताउनुहुन्छ । जग्गा जमिन छैन, एकदिन काम नगरे चुलो बल्दैन, छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर भएर मात्रै के गर्नु”, डल्लीले भन्नुभयो । गरिबी र अभावमा बाँचिरहेको बस्तीका सबै बासिन्दाको पीडा एउटै भएकाले बालबालिका विद्यालय नगएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस