अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर १० देखी १५ सम्म हुने
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आठौं नेपाल मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको हो ।
महामारीकाे परिस्थितीलाई मध्यनजर गर्दै अनलाइनको माध्ययमबाट मंसिर १० देखि १५ गतेसम्म हुन लागेको हो । कोभिड–१९ को महामारीका कारण पूर्व निर्धारित मितिमा हुन भने सकेकाे थिएन ।
प्रसारण हुने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रसारणका लागि छनोट गरि कार्यक्रममा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रसारण गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग सह– आयोजना, चलचित्र विकास बोर्डको प्रवद्र्धन र युरोपियन युनियन, नेपालका लािग जर्मनी दूतावास, शान्तिका लागि कला, आई.ओ. एम. लगायतको सहकार्य रहने आयोजकले जनाएको छ ।
साथै महोत्सवमा चलचित्र प्रसारण पछि एसियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता नेपाली सिनेमा युवाः हामी के हेर्न चाहान्छौं’ अल्पसंख्यक। सिमान्कृत समुदाय सवालः सिनेमाको भूमिका विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवासँग अन्तरक्रिया तथा छलफल हुने छ ।
महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एप अर्थात https://www.chalchitra.tv मार्फत प्रशारण गरिने छ । यसका साथै चलचित्रकर्मीसंगको अन्र्तक्रिया, प्लानल डिस्कसन लगायतका कार्यक्रमहरु तय गरिएको छ ।
क्याटेगोरी : कला शैली, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस