• जीवनशैली | Jiwanshaili
  • पश्चिमी वायुको प्रभावः आज यी तीन क्षेत्रमा हिमपातको सम्भावना


    हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।

    हालको मौसमको अवस्था

    हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

    मंसिर ९ गते (मंगलबार)

    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको भूभागमा सामान्यदेखि आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै, राती भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस