• जीवनशैली | Jiwanshaili
  • कस्तो रहला आजको मौसम ?


    उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

    मंसिर १४ गते (आइतबार)

    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

    देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस